काठमाडौं। रोमानियामा गायक प्रकाश सपूतमाथि बोतल प्रहार भएको छ । नेपाली समुदायद्वारा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपूतमाथि आक्रमण भएको हो।
उनी गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका बेला कन्सर्टमा सहभागी एकजनाले क्यान बोतल प्रहार गरेका हुन् ।
दर्शक दीर्घाबाट प्रहार गरिएको बोतल सीधै सपूतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । सपूतले ‘बोल माया’ गीत गाइरहँदा मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । त्यसपछि कन्सर्ट आधा घण्टा जति स्थगित भएको थियो ।
‘याद नेपाली म्युजिक फेस्टिभल भाग २’ नामक उक्त कन्सर्टमा प्रीति आले र प्रकाश सपूत सहभागी भएका थिए । कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका हुन् ।
उक्त घटनापछि आयोजकले बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend