काठमाडौं। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । उपमहानगर नगरसभाको १३ औँ अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले उक्त पेश गरेकी हुन् ।
शिक्षा र स्वास्थ्य क्षेलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिएर २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट ल्याइएको उनले जानकारी दिइन् । बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानको ३० करोड १७ लाख, सशर्त अनुदानको ४७ करोड ९२ लाख, समपूरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड रहेको छ ।
प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २ करोड ३१ लाख ६९ हजार, सशर्त अनुदान २ करोड ९ लाख ५० हजार र समपूरक अनुदान २ करोड रहेको छ । राजश्व बाँडफाँडबाट प्राप्त हुने ३१ करोड ८५ लाख ३१ हजार र आन्तरिक आय ९१ करोड राजस्व संकलन गर्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको बाँकी रकम २६ करोड ३८ लाख ५० हजार हुने अनुमान गरिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend