Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दाङमा सर्पले डस्दा एक किशाेरीकाे मृत्यु


    आइतबार, असार १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ। दाङकाे तुलसीपुरमा सर्पले डस्दा एक किशाेरीकाे मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-१२ हरिपौरीकी १३ वर्षीया दक्षिणा वलीको सर्पले डस्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    वलीलाई घरमा सुतिरहेको समयमा हिजाे दिउँसो सर्पले डसेको भए पनि राति ९ बजे मात्रै उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकाे थियाे ।

    उनलाई थप उपचारका लागि नेपालगञ्जकाे भेरी अस्पताल पठाइए पनि आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार