Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज यी जिल्लामा बाढीको जोखिम


    आइतबार, असार १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । देशमा मनसुन भित्रिएसँगै साना तथा ठूला नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी नै छ। नदीहरुमा पानीको बहाव बढेसँगै बाढीको जोखिम पनि उत्तिकै बढेको छ ।

    यसैगरी यसदिन महाकाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । ती नदीहरूमा जलसतह सतर्कता तहसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका केही साना नदीहरूमा पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यस दिन बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र आसपास भई बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ ।

    यस्तै, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालीकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा र सिन्धुपाल्चोकमा पनि आकस्मिक बाढीको जोखिम रहनेछ । ती स्थान भई बहने नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार