काठमाडौं। रूकुम पश्चिममा कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ। आज दिउँसो ३ बजे चौरजहारी नगरपालिका-३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो।
कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको रुकुम प्रहरीले जनाएको छ । दुर्घटनामा परी सांसद खड्कासहित नौ जना घाइते भएका छन् ।
घाइते हुनेमा चौरजहारी नगरपालिका –७ का २७ वर्षीय हुकुम विसी, ४१ वर्षीय विनिता गुरुङ, ५१ वर्षीय सिता विक, ५५ वर्षीय सुगन्धा मल्ल, ५७ वर्षीय मदन खड्का, ५५ वर्षीय ललिता गुरुङ, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेका छन् ।
गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले बताएको छ । घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend