हुम्ला । सदरमुकाममा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खराब मौसमको कारण दुई दिनदेखि हवाई सेवा अवरुद्ध हुँदैआएको छ । नेपालगञ्ज र सुर्खेतबाट सिमकोटको हवाई रुट पर्ने कालिकोट र बाजुरामा हवाई सेवा अवरुद्ध भएको हो ।
नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले शुक्रबारबाट हुम्ला जिल्लाको हवाई सेवा अवरुद्ध हुँदैआएको बताएका छन् । उनले सिमकोटको मौसम ठिक भए पनि हवाई मार्गका लागि इनरुट पर्ने कालिकोट र बाजुरा जिल्लामा खराब मौसमको कारण हवाई सेवा सुचारु हुन नसकेको बताए।
दुवै दिन बिहान हुम्लाको मौसम खराब भए पनि ९ बजेपछि खुलेको थियो । शुक्रबार बिहान सीता, समिट र तारा एयरका जहाजले नेपालगञ्जबाट एक साथ उडान भर्न खोजेको भए पनि कालिकोट र बाजुरा जिल्लामा खराब मौसम भएका कारण जहाज छिर्न नसकेपछि डाइभर्ट भएको थियो ।
उनले यो क्रम शनिबार पनि सीता, समिट र तारा एयरका चार वटा जहाज नेपालगञ्जबाट उडेर कालिकोटबाटै फिर्ता भएको बताए । कालिकोटमा बाक्लो कुहिरो र बादल लागेको कारण शनिबार पनि जहाज छिर्न सक्ने अवस्था नभएपछि सबै जहाज नेपालगञ्ज फिर्ता भएको बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend