पोखरा। पोखरामा शुक्रबारदेखि सुरु भएको ‘नेपाल-चीन ड्रागन बोट रेस फेस्टिबल’ को उपाधि चीनकै सिचुवान ड्रागन बोटले हात पारेको छ।
आज भएको फाइनल स्पर्धामा २ र ५ सय मिटरको उपाधि सिचुवानले हात पारेको हो।
दुवै विधामा सिचुवानले नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी (नारा ड्रागन बोटरेस) लाई पराजित गरेको हो।
उपाधि विजेता सिचुवानले दुवै विधामा ५ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेको छ।
उपविजेता बनेको नाराले दुवै विधामा ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
चीनको युनान ड्रागन बोटले नेपालको एनआरसिए ड्रागन बोटलाई पराजित गर्दै दुवै विधामा तेस्रो स्थान हासिल गरेको छ।
युनानले दुवै विधामा २ लाख रुपैयाँ हात पारेको छ। नेपालको ४ र चीनको ४ गरी ८ समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
शुक्रबार पहिलो चरणको खेलबाट ४ टोली बाहिरिए। प्रतियोगितामा सहभागी सबै समूहले १-१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
विजेता खेलाडीलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्लिसिना, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पर्यटन राज्यमन्त्री सुशिला श्रीपाइली ठकुरी, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।
चीनको करिब २ हजार वर्ष पूरानो मौलिक पर्व ड्रागन बोटरेस फेस्टिबल दक्षिण एसियामै नेपालमा पहिलो पटक मनाइएको हो।
बोटरेसका लागि चीनबाट केरुङ नाका हुँदै फाइबारका विशेष डुंगा ल्याइएकाे थियो। ती डुंगा चीनले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ।
नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाले फेस्टिबलको आयोजना गरेको हो। पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसन फेस्बिटलको सहआयोजक हुन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend