Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘आदिपुरुष’ बाहेक सबै हिन्दी फिल्म चलाउने चलचित्र संघको निर्णय


    शुक्रबार, असार ८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल चलचित्र संघले भारतीय फिल्म आदिपुरुषबाहेक अन्य सबै हिन्दी चलचित्र चलाउने निर्णय गरेको छ । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै संघले सो जानकारी गराएको हो । उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

    यस्तै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको समेत संघले बताएको छ । केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौँ महानगरभित्र हिन्दी फिल्म रोक लगाउने गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार