काठमाडौँ । सेलिब्रेटी बैंकर रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । ५३ बर्षिय रविनाले बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन्।
रविनाले आफ्ना छोराहरु आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीको अनुमतिमा विवाह गरेको बताएकी छन् ।
बिहीबार काठमाडौंको एक रिसोर्टमा भएको उक्त विवाह समारोहमा आयुष्मान र आशिरमानले बेहुलीको भेषमा सजिएकी आफ्नी आमालाई साथमा लिएर मण्डप पुर्याएका थिए ।
केही दिनअघि रविनाको निजी निवासमा मेहन्दी सेरेमनी भएको थियो । आमाको विवाहमा आयुष्मान र आशिरमान दुवै हर्षित देखिएका छन् ।
मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि गत पुषमा सामाजिक सञ्जालबाट प्रेमी सार्वजनिक गरेकी रविनाले गत फागुनमा प्रेमी च्यापम्यानसँग काठमाडौंको एक पाँचतारे होटलमा इन्गेजमेन्ट गरेकी थिइन् ।
रविनाका श्रीमान् च्यापम्यान बेलायती नागरिक हुन् । उनी लामो समयदेखि विश्व वन्यजन्तु कोषमा आबद्ध छन् ।

काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend