Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उपप्रधानमन्त्री खड्का र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता


    बुधबार, असार ६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले भेटवार्ता गरेकी छन् । आज सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    भेटका क्रममा उपप्रधानमन्त्री खड्काले नेपाल र अष्ट्रेलियाबीच घनिष्ठ सम्बन्ध रहेको बताए। साथै उनले वर्तमान सरकार दुईपक्षीय सम्बन्ध विस्तार गर्नमा प्रतिवद्ध रहेको र यसका लागि काठमाडौस्थित अष्ट्रेलियन राजदूतको विशेष भूमिका रहने समेत बताए ।

    खड्काले कोभिड(१९ को समयमा अष्ट्रेलियाबाट प्राप्त खोप एवं अन्य सहयोगको निम्ति धन्यवाद दिँदै नेपाली विद्यार्थीहरु अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरुको सुरक्षा एवं संरक्षणका लागि अष्ट्रेलियन सरकारको तर्फबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार