Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


    बुधबार, असार ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बागलुङ। बागलुङमा भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५, ठुलढुंगामा दुर्घटना भएको हो ।

    उक्त दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए।

    दुवैजनाको घटनास्थलमै ज्यान गएको हो । जीप मध्यपहाडी लोकमार्गबाट करिब ५०० मिटर तल खसेको हो । मृतक दुवै पुरुष रहेको प्रहरीको भनाइ छ।

    जीपमा सवार यात्रुको संख्या यकिन हुन भने सकेको छैन । अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार