काठमाडौं । धरान उपमहानगरपालिकामा पनि अहिले विवादित बनिरहेको दक्षिण भारतीय चलचित्र आदिपुरुषको प्रदर्शनमा रोक लगाइएको छ । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट आज सोमबारदेखि उपमहानगरभित्रका सबै हलमा ‘आदिपुरुष’को प्रदर्शन रोक्न निर्देशन दिएका हुन् ।
नेपालको अखण्डता, स्वाभिमान र सार्वभौमसत्तामाथि आँच आउने कुनै पनि गतिविधि सह्य नभएको बताउँदै मेयर हर्क साम्पाङले धरानमा ‘आदिपुरुष’को प्रदर्शन प्रतिबन्ध गरिएको जनाएका छन् । फिल्ममा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै उनले फिल्म हलमा उक्त फिल्म प्रदर्शनमा रोक लगाएको बताएका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्दै शाह (बालेन)ले विवादित संवाद नसच्याएको भन्दै महानगरभित्र हिन्दी फिल्ममा पूर्ण रुपमा रोक लगाएका छन् ।
त्यसलगत्तै पोखरा महानगरपालिकामा पनि महानगरभित्रका सबै फिल्म हलहरुमा ‘आदिपुरुष’सहित सबै हिन्दी फिल्मको प्रदर्शनीमा रोक लगाइएको छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend