काठमाडौं । धरान उपमहानगरपालिकामा पनि अहिले विवादित बनिरहेको दक्षिण भारतीय चलचित्र आदिपुरुषको प्रदर्शनमा रोक लगाइएको छ । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट आज सोमबारदेखि उपमहानगरभित्रका सबै हलमा ‘आदिपुरुष’को प्रदर्शन रोक्न निर्देशन दिएका हुन् ।
नेपालको अखण्डता, स्वाभिमान र सार्वभौमसत्तामाथि आँच आउने कुनै पनि गतिविधि सह्य नभएको बताउँदै मेयर हर्क साम्पाङले धरानमा ‘आदिपुरुष’को प्रदर्शन प्रतिबन्ध गरिएको जनाएका छन् । फिल्ममा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै उनले फिल्म हलमा उक्त फिल्म प्रदर्शनमा रोक लगाएको बताएका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्दै शाह (बालेन)ले विवादित संवाद नसच्याएको भन्दै महानगरभित्र हिन्दी फिल्ममा पूर्ण रुपमा रोक लगाएका छन् ।
त्यसलगत्तै पोखरा महानगरपालिकामा पनि महानगरभित्रका सबै फिल्म हलहरुमा ‘आदिपुरुष’सहित सबै हिन्दी फिल्मको प्रदर्शनीमा रोक लगाइएको छ ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend