विराटनगर । भारी वर्षासँगै कोसी प्रदेशका हिमाली र पहाडी जिल्लामा आएको बाढीपहिरोमा परी हालसम्म ८ जनाको मृत्यु भएको छ भने उक्त घटनामा परी नौजना घाइते भएका छन् । २८ जना बेपत्ता छन् ।
गएको शनिबारयताको बाढीपहिरोमा परी सातजनाको मृत्यु पुष्टि भएको कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ताप्लेजुङमा तीन, पाँचथरमा दुई, भोजपुर र संखुवासभामा एक÷एकजनाको मृत्यु भएको छ । तीमध्ये पाँचजना पहिरोमा पुरिएका थिए । दुईजनालाई खोलाले बगाएको मन्त्रालयले जनाएको छ ।
कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा भोजपुरको ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका–९ का २६ वर्षीय सन्तोष राई, पाँचथरको फालेलुङ–४ का आठ वर्षीया जुना साउदेन, पाँचथरकै फिदिम–११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङको फिदिङ्वा–६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र सोही ठाउँका ३६ वर्षीय सुरेश राई छन् ।
यस्तै, धनकुटास्थित तमोर नदीमा पाँचथरकी २५ वर्षीया एलिसा माझीको शव फेलापरेको प्रहरीले जनाएको छ ।
कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङबोको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित टोलीले आइतबार बाढीपहिरो प्रभावित जिल्लाको हेलिकोप्टरबाट निरीक्षण गरेको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend