पृथ्वी राजमार्गमा अत्याधिक चाप
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीस्थित बाँङ्गमोडमा गुडिरहेको सवारीसाधन ।
काठमाडौँ । हाल देशका विभिन्न भागमा गएको बाढीपहिरो र सडक कटानका कारण मुख्य राजमार्ग तथा सडक खण्डपूर्ण रूपमा अवरुद्ध भएका छन् । जिल्ला रसुवा, सङ्खुवासभा, काभ्रे र रुकुम (पूर्वी भाग) मा केही दिनअघिको अबिरल वर्षा र भू–भागीय जोखिमका कारण सडक यातायात प्रभावित भएको हो ।
यातायात अवरुद्ध हुँदा दसैँका लागि काठमाडौँ उपत्यका बाहिरिएका सर्वसाधरणलाई उपत्यका फर्किन सास्ती भएको छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले अवरुद्ध भएका सडकखण्डको मर्मतकार्यलाई प्रथामिकता दिएर जतिुसक्दो चाँडो यातायात व्यवस्थापनमा सहज गरिने बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले सडक अवरुद्ध भएका कारण दसैँ सकेर उपत्यका फर्कने कतिपय स्थानका यात्रुले सास्ती बेहोर्नुपरेको बताउनभयो ।
“अहिले विषेशगरी नेपालको पूर्वी क्षेत्रका सडक अवरुद्ध भएका कारण उपत्यका बाहिरिएका सवारीसाधन समयमा नै फर्किन पाएनन् । यात्रुहरूले पनि सास्ती बेहोर्नुपरको छ । सम्भव भएको स्थानमा हामीले वैकल्पिक मार्ग प्रयोग गरेका छौँ,” उहाँले भन्नुभयो, “यसपटक सरकारले विपद्का कारण अवरुद्ध सडकखण्डको समयमा नै मर्मत गरिरहेको पाइयो । कतिपय सम्भव नभएका सडकखण्ड अवरुद्ध भए पनि अन्य सडकखण्डका पहिरो समयमा नै पन्छ्याउदा सहज पनि भएको छ ।”
यी हुन् पूर्णरूपमा अवरुद्ध सडक
गत असारको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित नेपाल र चीनलाई जोड्ने मितेरी पुल क्षति पुर्याएको छ । पुलमा क्षति भएपछि यतिबेला सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द रहेको छ ।
त्यसैगरी, सोही गाउँपालिका–२ बालुवाखानी र तातोपानी क्षेत्रमासमेत पासाङ ल्हामु सडक खण्ड माथिबाट सुक्खा पहिरो र ढुङ्गा खसेपछि बाटो पूर्णरूपमा बन्द भएको छ । यसै सडकखण्डको गोसाइँकुण्ड–३, फ्याङलुङ क्षेत्रमा भोटेकोसी खोलाले करिब ३५–४० मिटर सडक कटान गरेपछि उक्त खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, बरुणखोला नजिक बाढीले ह्युम पाइप बगाएपछि खाँदबारी–थुमसुर खण्ड अवरुद्ध भएको छ । सडक विभागका अनुसार वर्षायामभर यो खण्ड सञ्चालनमा ल्याउन कठिन भएको र अब मनसुन सकिएसँगै सडक मर्मतको कार्य अगाडि बढाइने छ ।
त्यस्तै, मकालु गाउँपालिका–३, एकुवा नजिक पनि कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले पूर्ण रूपमा रोकिएको छ ।
यही असोज १८ गते बिहान ११ बजे काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोला, डालाबँसी र बुलढुङ्गा आसपासको बिपी राजमार्ग माथिबाट ढुङ्गा खसेपछि बाटो दुबै तर्फी अवरुद्ध भएको हो । सडक सफाइ र मर्मत कार्य भइरहेको विभागले जनाएको छ ।
रुकुम (पूर्व) को भूमे गाउँपालिका–४, काँडाबगरस्थित मध्यपहाडी लोकमार्ग मङ्गलबार साँझ पहिरो झरेर पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक माथिबाट लेदो, ढुङ्गुर माटोको ठूलो मात्रा खसेका कारण बाटो खुलाउन कठिनाइ भइरहेको जनाइएको छ ।
विभागको अनुसार १ सय ७४ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । (रासस)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend