Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हुम्लामा जिप दुर्घटना अपडेट: दर्जन यात्रु जाेगाएका चालकको मृत्यु


    सोमबार, असार ४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। हुम्ला सदरमुकाम सिमकोटबाट उत्तरी नाका हिल्सातर्फ जाँदै गरेको जिप दुर्घटनामा पर्दा चालकको ज्यान गएको छ ।

    कर्णाली प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको हो । आज बिहान भएको उक्त दुर्घटनामा चालक राजेश तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

    उकालोमा जिप पछाडि हटेपछि यात्रु सबैलाई उनले ओरालेको हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए । त्यसपछि उनी जिपबाट हामफालेका थिए । भीरमा हामफालेका उनको अस्पतालमा निधन भएको हो ।

    जिपमा निर्माण सामाग्रीसहित १२ जना यात्रु थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार