Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढी र पहिरोका कारण कोशी प्रदेशमा चार जनाको मृत्यु, २८ जना बेपत्ता


    आइतबार, असार ३ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा चार जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो विवरण अनुसार पहिरोमा परी ताप्लेजुङमा दुई जना र बाढीले बगाएर संखुवासभा र भोजपुरमा दुई जनाको मृत्यु भएको हो ।

    बाढी र पहिरोमा परी २८ जना बेत्तपा भएका छन् । जसमा संखुवासभामा १८, पाँचथरमा ५, ताप्लेजुङमा ३, भोजपुरमा २ जना बेत्तपा छन् ।

    प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ। मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार