काठमाडौं । कैलालीमा जिपको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको ज्यान गएको छ । बिहीबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका- ४ खैरेनामा प्रदेश ३-०१-०२४च ५१४८ नम्बरको जिपले से३प ८९२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका-९ बस्ने ३५ वर्षीय राजेन्द्रसिंह खड्का रहेका छन् । छाती र मुखमा गम्भीर चोट लागेका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई ठक्कर दिने जिप र चालक गोदावरी नगरपालिका-१ का ४२ वर्षीय झलक ऐडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend