Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर


    शनिबार, असार २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मुटुमा समस्या देखिएपछि उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।

    अस्पतालले मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकाले भर्ना भएका राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि आज बिहानै उपचारका लागि भर्ना गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार