Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • यस्तो छ कोशी सरकारको नीति तथा कार्यक्रम


    बुधबार, जेष्ठ ३१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित बहुवर्षीय आयोजनाहरु सम्पन्न गर्ने नीति तथा कार्यक्रममा बताइएको छ ।

    नीति तथा कार्यक्रममा विपद व्यवस्थापनका लागि अन्तर निकाय सम्बन्धलाई सुदृढ बनाउने, शिक्षालाई रोजगारमूलक एवं सूचना प्रविधिमैत्री बनाउने उल्लेख गरिएको छ।

    मोरङ जिल्लाको विराटनगर महानगरपालिकास्थित बैजनाथपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक क्रिकेट मैदान र झापा जिल्लाको कमल गाउँपालिका पाडाजुँगीस्थित आदिवासी जनजाति रंगशालालाई प्रादेशिक रंगशालाको रुपमा विकास गरिने लगायत विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

    नीति तथा कार्यक्रम ०८०८१-2080-Koshi pradesh

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार