काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा यसमा बहुमत सांसदले समर्थन जनाएपछि पारित भएको घोषणा गरेका हुन्।
गत वैशाख १९गते संघीय संसद्को संयुक्त बैठकमा पेस भएको नीति तथा कार्यक्रमका पक्षमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु उभिएका थिए भने विपक्षी दलले विरोध गरेका थिए।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए। त्यस्तै विपक्षी दलका विभिन्न सांसदहरुले नीति तथा कार्यक्रममाथि पेस गरेका संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गर्दा अधिकांश अस्वीकृत भएका थिए।
नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले जेठ १५ गते संघीय संसद्मा आर्थिक वर्ष २०८२र०८३ को बजेट पेस गर्नेछ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend