Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि एउटै फिल्ममा देखिँदै


    आइतबार, जेष्ठ २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अभिनेता रजनीकान्त र अमिताभ बच्चन क्रमशः साउथ र हिन्दी फिल्म उद्योगका मेगास्टार हुन् । भारतीय फिल्मका यी दुई दिग्गज अभिनेता अमिताभ बच्चन र रजनीकान्त ३२ वर्षपछि एउटै फिल्ममा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार अमिताभ बच्चनले रजनीकान्तको आगामी फिल्म ‘थलाइवर १७०’मा केमियो गर्न सक्छन् ।

    रजनीकान्त अहिले आफ्नो फिल्म ‘जेलर’को सुटिङमा व्यस्त छन् । यी फिल्मपछि रजनीकान्त निर्देशक टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’ मा देखिनेछन् । यो फिल्म रजनीकान्तको करिअरको १७० औं फिल्म हो र अर्को वर्ष रिलिज हुनेछ । फिल्ममा अमिताभ बच्चनसँगै तमिल अभिनेता सूर्याको केमियो पनि देख्न सकिन्छ ।

    विवरणअनुसार यसअघि फिल्म निर्माताले पीएस-२ अभिनेता विक्रमलाई फिल्ममा केमियो रोल अफर गरेका थिए । तर अब यो भूमिका बिग बीलाई अफर गरिएको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भने आउन बाँकी छ । अमिताभ बच्चन र रजनीकान्त पछिल्लो पटक सन् १९९१ को एक्सन ड्रामा ‘हम’मा सँगै देखिएका थिए ।

    रिपोर्टका अनुसार ‘थलाइवर १७०’ सत्य घटनामा आधारित फिल्म हुनेछ । फिल्मलाई लाइका प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा अनिरुद्ध रविचन्द्रले संगीत दिनेछन् । फिल्ममा रजनीकान्त प्रहरी अफिसरको भूमिकामा देखिनेछन् । रजनीकान्त चाँडै नै निर्देशक नेल्सन दिलीप कुमारको फिल्म जेलरमा देखिनेछन् । यस फिल्ममा मलयालम अभिनेता मोहनलाल र ज्याकी श्राफ पनि देखिनेछन् । यो फिल्म यसै वर्ष प्रदर्शन हुने जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार