काठमाडौं । अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ ।
स्थानीय तहले वर्षे बिदामा कटौती हुने गरी पढाइ बन्द गर्न विद्यालयलाई निर्देशन दिएका छन् । केही स्थानीय तहले सम्बन्धित विद्यालयलाई आफू अनुकूल निर्णय गरेर पढाइ व्यवस्थापन गर्न अनुमति दिएका छन् । तापक्रम बढेर तातो हावा ‘लु’ चल्न थालेपछि बाँके, बर्दिया, सुर्खेत, महोत्तरी, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सालगायत तराई क्षेत्रका अधिकांश जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
काठमाडौँमा पढाइ बन्द नभए पनि बिहानको समयमै अत्यधिक गर्मी भएपछि केही विद्यालयले बिहानको प्रार्थना सभा बन्द गराएका छन् । तनहुँ, गोरखा, धादिङलगायत पहाडी क्षेत्रमा समेत गर्मीका कारण विद्यालय बन्द भएका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मबहादुर मल्लले आफ्नो अवस्था हेरेर विद्यालय बन्द गर्न सकिने निर्णय गरिएको जानकारी दिए । एकै गाउँपालिकामा पनि भौगोलिक अवस्था अनुसार तापक्रम फरक फरक हुने हुनाले यस्तो निर्णय गरिएको हो ।
नुवाकोटको विदुर नगरपालिकाका शिक्षा अधिकारी देवीप्रसाद अधिकारीले गर्मीका कारण विद्यार्थी, शिक्षक समस्यामा परेको विषयमा छलफल भए पनि कति दिन विद्यालय बन्द गर्ने भन्ने विषयमा निर्णय गर्न समस्या परेको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि गर्मीका कारण विद्यार्थीको पढाइमा असर परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय बन्द गर्ने विषयमा सम्बन्धित स्थानीय तहले निर्णय गर्न सक्ने भएकाले आफूहरूको निर्देशन आवश्यक नपर्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend