काठमाडौं। काठमाडौंमा ४ जनामा दादुरा देखा परेको छ। दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ ।काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ मा चार बालबालिकामा दादुरा रोग देखिएको हो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा त्यहाँबाट ल्याइएका पाँच नमुनामध्ये चारवटामा दादुरा पुष्टि भएको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए।
गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयमा ५४ जना विद्यार्थीमा दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँचजनाको नमुना जाँच गर्दा चार बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको भण्डारीले बताए।
लक्षण देखिएका धेरैजसो बालबालिकाले खोप नलगाएको पाइएकाले उनीहरुलाई निगरानीमा रखिएको उनले बताए।
यसअघि २०७९ पुस १२ मा बाँकेको नेपालगन्जमा ठूलो मात्रामा दादुरा देखिएको थियो। त्यस बेला ११ सयभन्दा बढी बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको थियो भने एकजनाको मृत्युसमेत भएको थियो।
दादुरा, रुबेला पूर्ण खोप घोषित बाँकेमा कसरी दादुरा फैलियो भनेर अध्ययन गर्दा पूर्ण खोप घोषणा नै गलत पाइएको थियो। किनभने संक्रमितमध्ये धेरैले दादुरा/रुबेलाविरुद्धका खोप नै नलगाएको पाइयो।
त्यो समयदेखि हालसम्म दादुरा १७ जिल्लामा फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारले २०२६ सम्म दादुरा/रुबेला निवारण गर्ने लक्ष्य लिएको छ। तर फेरि दादुरा देखिन थालेपछि निवारणमा चुनौती थपिँदै गएको स्वास्थ्य विज्ञहरु बताउँछन्।
कस्तो रोग हो दादुरा?
दादुरा कोरोनाभन्दा पनि छिटो फैलिने सरुवा रोग भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। डा. पुनका अनुसार एकजना दादुरा संक्रमितले झन्डै १८ जनालाई सार्न सक्छ।
‘दादुरा संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ,’ उनले भने, सामान्यतया दादुरा ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रुप लिन पनि सक्छ। यदि बालबालिकाको समयमा उपचार भएन भने गम्भीर प्रकारको जटिलता हुनुका साथै मृत्युसमेत हुनसक्छ।’
लक्षण
शरीरमा दादुराको भाइरस प्रवेश गरेको ७ देखि १४ दिनसम्ममा लक्षण देखिने गर्छ।
दादुरा आउँदा ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, आँखा रसाएको जस्तो रातो हुने र मुख हुँदै शरीरभरि रातो बिबिरा देखिन्छन्। यस्ता लक्षण देखिनासाथ बिरामीलाई अस्पताल लैजानुपर्छ।
दादुरा तीव्र गतिमा फैलिने भएकाले लक्षण देखिएका व्यक्तिहरुले जति सक्यो चाँडो भीडभाडबाट टाढा बस्नुपर्छ। त्यस्तै खोप लगाउनुपर्छ।
‘दादुराले बिरामीलाई गम्भीर अवस्थामा पुर्याउनाका साथै निमोनिया हुने वा मस्तिष्कलगायत शरीरका विभिन्न अंगमा प्रत्यक्ष असर पार्नसक्छ। समयमा उपचार पाएन भने बिरामीको मृत्यु नै हुनसक्छ’।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend