Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘कार्साङ’मा दयाहाङ अनुबन्धित


    बुधबार, जेष्ठ २४ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ- चर्चित कलाकार दयाहाङ राई नयाँ फिल्म ‘कार्साङ’ मा अनुबन्धित भएका छन्। यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका बताइएको छ।

    यस चलचित्रमा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ।

    फिल्मको ९० प्रतिशत छायांकन बाह्रबिसे नगरपालिका-६ र बाँकी भोटेकोसीमा हुने निर्माण पक्षले जनाएको छ।

    फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए।

    ‘फिल्मका बाँकी कलाकार अडिसनमार्फत् छनोट गरिनेछ’, शेर्पाले भने।

    फिल्म सामाजिक कथामा बन्ने बताइएकाे छ।

    निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार