काठमाडौँ। कोशी सरकारले नीति तथा कार्यक्रम ल्याउने अघिल्लो दिन हिजो मंगलबार माओवादीले आफ्ना तीनै मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ।
सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ।
हिजो मात्रै माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो ।
आज (बुधबार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नामकरणमा असन्तष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न खानेपानी तथा सिचाईं मन्त्री तिलकुमार मेनाङवाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको सरकारका प्रवक्ता भक्ति सिटाैलाले बताए।
फागुन १७ मा नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले सरकार ढल्ने भएपछि वार्ता समिति बनाएका हुन् ।
समितिकाे सदस्यहरूमा कृषि मन्त्री भक्ति सिटाैला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी छन्।
नामकरणविरुद्ध पहिचान पक्षधरले गत फागुन १७ गतेदेखि आन्दोलन गरिरहेको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend