Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कार्कीको सरकार अल्पमतमा, पहिचानवादीसँग वार्ता गर्न समिति गठन


    बुधबार, जेष्ठ २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कोशी सरकारले नीति तथा कार्यक्रम ल्याउने अघिल्लो दिन हिजो मंगलबार माओवादीले आफ्ना तीनै मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ।

    सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ।

    हिजो मात्रै माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो ।

    आज (बुधबार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नामकरणमा असन्तष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न खानेपानी तथा सिचाईं मन्त्री तिलकुमार मेनाङवाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको सरकारका प्रवक्ता भक्ति सिटाैलाले बताए।

    फागुन १७ मा नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले सरकार ढल्ने भएपछि वार्ता समिति बनाएका हुन् ।

    समितिकाे सदस्यहरूमा कृषि मन्त्री भक्ति सिटाैला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी छन्।

    नामकरणविरुद्ध पहिचान पक्षधरले गत फागुन १७ गतेदेखि आन्दोलन गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार