Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणको बयान आज


    शुक्रबार, जेष्ठ १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीतहरुको बयान अन्तिम चरणमा पुगेको छ । आज पुर्व गृहमन्त्री बालकृष्ण खाँण, शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी व्यवसायी हरिभक्त महर्जनको बयान हुन लागेको हो ।

    आइतबारबाट आरोपीतहरुलाई छाड्ने वा थुनामा पठाउने भन्नेबारे थुनछेक बहस शुरु बताइएको छ ।

    बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमशेर मियाँले बयान दिएका थिए । योसँगै १८ जनामध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १५ जनाको बयान सकिएको छ ।

    प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि थालिएको थियो । यो प्रकरणमा १२ जना अझै फरार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार