काठमाडौं । विश्वविख्यात स्वीस घडीका मोडल, पर्यटन व्यवसायी एवं समाजसेवी आङतेम्बा शेर्पाको संघर्षपूर्ण जीवनीमा आधारित रहेर पुस्तक प्रकाशित भएको छ ।
हिमाली हाँसो नामक सो पुस्तकमा आङतेम्बाका बाल्यकालदेखि हालसम्मको संघर्षपूर्ण जीवन र सफलतालाई शब्द र तस्बिरमा उतारिएको छ । शेर्पाका बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका समाचार, लेख, जीवनी, अन्तर्वाता लगायतका विषयलाई समावेश गरिएको उक्त पुस्तकमा उहाँका सार्वजनिक हुन बाँकी संघर्ष र सफलताका कथालाई समेत उतारिएको छ । आफ्नो जीवनीमाथि लेखिएको पुस्तक ‘हिमाली हाँसो’ को फरक ढंगबाट सार्वजनिक गरिएको छ ।

गतहप्ता नेपालबाट दिल्लीका लागि उडान भर्दै गरेको एयर इन्डिया विमानमै सो पुस्तक शेर्पाले सार्वजनिक गर्नुभएको हो । ३३ हजार फिटको उचाईमा उडिरहेको जहाजभित्र यात्रु र चालक दलका सदस्यमाझ सो पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तकमा स्वीटजरल्याण्डका चर्चित भू वैज्ञानिक तथा लेखक टोनी हेगनदेखि अन्य मुलुकका चर्चित व्यक्तित्वहरूले शेर्पाका बारेमा लेखेका विषयलाई समेत पुस्तकमा समेटिएको छ ।
पर्यटन व्यवसायी÷पथप्रदर्शक समेत रहनुभएका शेर्पा विभिन्न देशको यात्राको भ्रमण तालिका लिएर निस्कनुभएको छ । यात्राका क्रममा पुगिने विभिन्न मुलुकमा फरक फरक तरिकाले सो पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको शेर्पाले बताउनुभयो । स्वीस अर्पन क्लबका पूर्व अध्यक्ष बेर्नाड रुडल्फ बेञ्जाफले भारतको लद्दाकमा सार्वजनिक गर्नुभएको छ ।
सञ्चारकर्मी भविन्द्र कार्कीको लेखन तथा सम्पादन रहेको उक्त पुस्तक ग्लोबल कनेक्ट नेपालले प्रकाशित गरेको हो ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend