काठमाडौं । विश्वविख्यात स्वीस घडीका मोडल, पर्यटन व्यवसायी एवं समाजसेवी आङतेम्बा शेर्पाको संघर्षपूर्ण जीवनीमा आधारित रहेर पुस्तक प्रकाशित भएको छ ।
हिमाली हाँसो नामक सो पुस्तकमा आङतेम्बाका बाल्यकालदेखि हालसम्मको संघर्षपूर्ण जीवन र सफलतालाई शब्द र तस्बिरमा उतारिएको छ । शेर्पाका बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका समाचार, लेख, जीवनी, अन्तर्वाता लगायतका विषयलाई समावेश गरिएको उक्त पुस्तकमा उहाँका सार्वजनिक हुन बाँकी संघर्ष र सफलताका कथालाई समेत उतारिएको छ । आफ्नो जीवनीमाथि लेखिएको पुस्तक ‘हिमाली हाँसो’ को फरक ढंगबाट सार्वजनिक गरिएको छ ।

गतहप्ता नेपालबाट दिल्लीका लागि उडान भर्दै गरेको एयर इन्डिया विमानमै सो पुस्तक शेर्पाले सार्वजनिक गर्नुभएको हो । ३३ हजार फिटको उचाईमा उडिरहेको जहाजभित्र यात्रु र चालक दलका सदस्यमाझ सो पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तकमा स्वीटजरल्याण्डका चर्चित भू वैज्ञानिक तथा लेखक टोनी हेगनदेखि अन्य मुलुकका चर्चित व्यक्तित्वहरूले शेर्पाका बारेमा लेखेका विषयलाई समेत पुस्तकमा समेटिएको छ ।
पर्यटन व्यवसायी÷पथप्रदर्शक समेत रहनुभएका शेर्पा विभिन्न देशको यात्राको भ्रमण तालिका लिएर निस्कनुभएको छ । यात्राका क्रममा पुगिने विभिन्न मुलुकमा फरक फरक तरिकाले सो पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको शेर्पाले बताउनुभयो । स्वीस अर्पन क्लबका पूर्व अध्यक्ष बेर्नाड रुडल्फ बेञ्जाफले भारतको लद्दाकमा सार्वजनिक गर्नुभएको छ ।
सञ्चारकर्मी भविन्द्र कार्कीको लेखन तथा सम्पादन रहेको उक्त पुस्तक ग्लोबल कनेक्ट नेपालले प्रकाशित गरेको हो ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend