Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिकता विधेयक प्रमाणीकरणबारे रवि लामिछानेले भने- राष्ट्रहित विरूद्ध छ


    बुधबार, जेष्ठ १७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सरकारको आग्रहमा राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रहित विरूद्ध रहेको बताएका छन्।

    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले सरकारको आग्रहमा आज प्रमाणीकरण गरेका थिए। गत जेठ १२ गते मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको थियो।

    मन्त्रिपरिषदको आग्रहअनुसार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि यसको समर्थन र विरोध भइरहेका छन्।

    रास्वपा सभापति लामिछानेले बुधबार फेसबुकमा लेख्दै नयाँ संसदमा छलफलसमेत नगराई नागरिकता विधेयक प्रमाणीकरण गरिएको उल्लेख गरेका छन्।

    ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, लोकतान्त्रित संसदीय मूल्यमान्यता र राष्ट्रहित विरूद्ध छ,’ लामिछानेले भनेका छन्।

    संसदबाट यसअघि २ पटकसम्म नागरिकता विधेयक पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार