काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गत २४ वैशाखमै नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सुझाव दिएको स्पष्ट पारेका छन् । आफू भारत भ्रमणमा जाने दिन (जेठ १७ गते) राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु संयोग मात्र भएको उनले बताए ।
राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले संघीय संसदको अधिवेशन आह्वान भएकै दिन प्रमाणीकरण होस् भन्ने आफूले चाहेको बताए ।
राष्ट्रपतिलाई के सल्लाह दिँदा हुन्छ भनेर आफूले संविधानविद्, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग परामर्श गरेको र प्रमाणीकरण गर्दा हुन्छ भन्ने सल्लाह आएको उनले सुनाए । ‘भारत जाने दिन प्रमाणीकरण होस् भनेको होइन । भारत भ्रमणमा जाँदैछु, यो–यो विषयमा कुरा हुँदैछ भन्न गएको थिएँ’, उनले भने, ‘मेरो त २४ गते जतिबेला बजेट सेसन सुरु हुने दिन थियो, त्यही दिन प्रमाणीकरण गर्दा हुन्छ भन्ने थियो ।’
राष्ट्रपतिले अलिकति कानुनी सल्लाह आफूले पनि गर्नुपर्ने बताएको उनले सुनाए । प्रधानमन्त्री प्रचण्डले भने, ‘सल्लाह लिँदै जाँदा संयोग म भारत जाने दिन नै उहाँको सल्लाह टुंगियो । यसमा मेरो केही दोष छैन ।’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend