Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • २४ घण्टामा थपिए ५ जना कोरोना संक्रमित


    शनिबार, जेष्ठ १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ४१२ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा पाँचजनाको नतिजा पोजिटिभ आएको हो ।

    यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर चारजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार २५९ पुगेको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार