Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् ।

    संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने छन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।

    संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गरी आजकै बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । राष्ट्रियसभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार