Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पानीका स्रोत सफा गर्दै सिथि नखः मनाइयो


    बिहिबार, जेष्ठ ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज सिथि नखःको अवसरमा नेवार समुदायले पानीका स्रोत सफा गरेका छन्।

    वर्षा याम शुरू भएसँगै नेवार समुदायमा हर्षोल्लासका साथ सिथि नखः पर्व मनाउने चलन छ।

    यस पर्वमा विशेषतः इनार, ढुङ्गेधारा लगायत पानीका स्रोत सफा गरिन्छन्। यस्तै ती स्रोतलाई पूजा समेत गरिन्छ।

    भक्तपुरको दत्तात्रेय मन्दिर परिसरमा पनि सिथि नखःको अवसरमा पानीको स्रोतको सरसफाइ गरिएको छ। यो शुद्धिको कार्य नवीकरण र पवित्रताको प्रतीकका रूपमा ठूलो श्रद्धा र भक्तिका साथ गरिन्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार