काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको भन्दै गम्भीर आरोप लगाएका छन् ।
उक्त भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरूलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसबारेमा प्रतिवाद गरिने बताएका हुन् ।
उनले उक्त प्रकरणको सो बयान पछि १६ वटा बुँदा अगाडी राखेका छन् ।
उनले सामाजिक सञ्जालमा राखेका बुँदा यस्तो छ :
१. आज एक जना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्रीबीच भेटघाट भएको छ । परी आए आइजीपी फेरेर भए पनि उहाँलाई आईजीपी बनाएर भए पनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुखलाई फसाउने योजना बनेको छ ।
२. गृहमन्त्री सँग समेत भएको भेटमा वर्तमान आइजीपीलाई पनि यही केसमा फसाएर भए पनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओवादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन् ।
३. केशव दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बज्राचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पीए लिला जीसी मार्फत पैसा दिएको जबरजस्त बयान गराइएको थियो ।
४. केशव दुलाल र लिला जीसी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।
५. तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।
६. प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन् तर मन्जु खाँण र आरजु देउवा छानबिनको दायरामा राखिएको छैन ।
७. तिनै केशव दुलाललाई आज प्रहरीले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बज्राचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।
८. उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जु लाई बचाएर बयान दिएका छन् ।
९. निज केशव दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पिडित भनिएका कसै संग पैसा लिएको छैन , कसैलाई पैसा दिएको छैन म आफू र केही साथी अमेरिका जान खोजेका हौँ भनेका छन् ।
१०. सरकारी वकिलको कार्यालयमा उनले दिएको बयानमा विभिन्न व्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन् ।
११. आफू अमेरिका जान खोजेको कसैसँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भव छ ।
१२. केशव दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।
१३. जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पूर्व मन्त्री खाँण र पूर्व सचिवहरूलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन् ।
१४. देउबाले आज दिउँसो आफू निकटको व्यक्ति हरुलाई ढुक्क हुनु खाँण फस्दैनन् सबै सेटिङ्ग गरिसकेको छु भनेका छन्
१५. बयानमा खाँण लगायतलाई बचाउने नियत प्रस्ट छ । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको सङ्केत गरेका थिए ।
१६. रविको पासपोर्टको विषयमा मुद्दा नचलाउने निर्णय गर्ने महान्यायाधिवक्ता दिनमणि पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ ।
यस्ता षडयन्त्र चिर्न जरुरी छ र प्रतिवाद गरिनेछ । घेराबन्दी तोडिएको हो र तोडिनेछ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend