Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • ‘आरआरआर’ का भिलेन रे स्टिभेन्सनको इटालीमा निधन


    मंगलबार, जेष्ठ ९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । हलिउड अभिनेता रे स्टिभेन्सनको ५८ वर्षको उमेरमा निधन भएको छ । आरआरआर, थोर, डाइभर्जेन्ट फिल्मसहित टिभी र एनिमेटेड सिरिजका दिग्गज अभिनेता स्टिभेन्सनको आइतबार ५८ वर्षको उमेरमा इटालीमा निधन भएको हो ।

    हलिउड म्यागजिन डेडलाइनले अभिनेताको मृत्युबारे समाचार प्रकाशित गरेको छ ।

    उनको पछिल्लो ऐतिहासिक फिल्म ‘१२४२ : गेट वे टु द वेस्ट’ थियो । नेपाल, भारतलगायत मुलुकमा चाहिं उनी एसएस राजामौली निर्देशित ‘आरआरआर’ अभिनेताको रुपमा चिनिन्छन् । उनले यो दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गरेका थिए ।

    हलिउडको चर्चित मार्वल फिल्म ‘थोर’मा उनले भोलस्ट्यागको रोलमा काम गरे । उनले एनिमेटेड स्टार वार्स श्रृंखला ‘द क्लोन वार्स’ लगायतमा पनि आवाज दिएका छन् । उनी डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा थिए ।

    २५ मे १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मेका स्टिभेन्सनले १९९० को दशकको प्रारम्भमा युरोपेली टिभी शृंखला र टेलिफिल्मबाट करिअर थालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार