Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७३ लाख बराबरका औषधी, हार्डवेयर सामान बोकेकोे ट्रक प्रहरी नियन्त्रणमा 


    सोमबार, जेष्ठ ८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बीरगंज । बिलविजक भन्दा बढी विभिन्न किसिमका औषधी, हार्डवेयर तथा खुद्रा सामान बोकेर वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको मालबाहक ट्रक प्रहरीले बरामद गरेको छ ।

    औषधी, हार्डवेयर तथा खुद्रा सामान सामानहरु बोकेको छ भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्कस्थित सडक खण्डमा रोकी चेकजाँच गर्दा बिलबिजक शंकास्पद देखिएकाले बरामद गरेको छ ।

    ना ६ ख ३३८८ नम्बरको उक्त मालवाहक ट्रक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको फेला परेको प्रहरीले जनाएको छ ।  अन्दाजी ७२ लाख ७५ हजार ४ सय ८८ रुपैयाँ बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता दीपक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो ट्रकभित्र रहेका औषधी, हार्डवेयर तथा खुद्रा सामानहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि सोमबारै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार