काठमाडौँ। व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएसँगै निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सोमबार सुनुवाइ हुने भएको छ ।
मन्त्री बन्नका लागि २ करोड घुस मागेको अडियो बाहिरिएपछि आफूलाई सांसद पदबाट हटाउने पार्टीको निर्णयविरुद्ध श्रेष्ठले दायर गरेको रिट न्यायाधीशद्वय: कुमार रेग्मी र आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको छ।
यसअघि जेठ ५ गते न्यायाधीशद्वय: अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी रहेको थियो। उक्त दिन हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको थियो। आज सुनुवाइ हुने श्रेष्ठको मुद्दा ११ नम्बरमा पेसी रहेका छ।
रास्वपाले आफूलाई कारवाही गर्ने पार्टीको उक्त निर्णयको विरोधमा श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ। दलको निर्णयको आधारमा संसद् सचिवालयले उनलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएपछि श्रेष्ठले उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई हटाउने निर्णय र नयाँ सिफारिस भएका सांसदलाई कुनै पनि काम नगर्न भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
यता, रास्वपाले भने ढाकाको ठाउँमा एसिड पीडित विन्दावासीनी कंसाकारको नाम सांसद्का लागि सिफारिस गरेको छ। पार्टीको उक्त सिफारिसअनुसार निर्वाचन आयोगले कंसाकारलाई सिफारिस गरेपनि सर्वोच्चको आदेशपछि मात्र शपथ खुवाउनुपर्ने हुन्छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend