Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनवरीमा कुराकानी भएको अडियो अहिले सार्वजनिक गर्नु सुनियोजित : ढाकाकुमार


    बुधबार, चैत्र २९ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरेका छन्। आज पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले अडियो इडिट गरेर फसाउन खोजेको दाबी गरेका हुन् ।

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो सत्य नभएको उल्लेख गर्दै उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताएका छन् ।

    चुनावको मुखमा उक्त अडियो सार्वजनिक हुनु पार्टीविरूद्धको षडयन्त्र भएको उनले बताए । जनवरीमा कुराकानी भएको अडियो अहिले ल्याएर हाल्नु सुनियोजित भएको भन्दै उनले रास्वपालाई चारैतिरबाट प्रहार गर्न खोजिएको आरोप समेत लगाए ।

    ‘जनवरीमा कुराकानी भएको अडियो अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार