Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • यस्तो छ आज सुन-चाँदीको भाउ


    आइतबार, जेष्ठ ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। हप्ताको पहिलो कारोबार दिन आज आइतबार सुन-चाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको छ ।

    सुन अस्ति तोलाको एक लाख ९ हजार दुई सय रुपैयाँ थियो । शनिवार सार्वजनिक बिदा भएकाले भाउ तोकिँदैन ।

    यस्तै, दुई दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको छ ।

    तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार