काठमाडौं । नेकपा सचिवालय सदस्य वामदेव गाैतमकाे योग्यतामाथि प्रश्न उठाउँदै साेही पार्टी नेतृले प्रधानमन्त्रीलाई निवेदन दिएकी छन्।आफुलाई राष्ट्रियसभाको रिक्त एक सिटमा नियुक्ती गर्नु पर्ने माग राखेर चितवनकी नेतृ तारा बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएकी हुन् ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि आफू योग्य भएको उल्लेख गर्दै निवेदन दिएको बताएकी छिन् । उनले यदि आफूलाई नियुक्त नगरी सरकारले चित्तबुझ्दो जवाफ नदिए अदातलको ढोका ढक्ढकाउने चेतावनी समेत दिएकी छिन् ।
उनले राष्ट्रियसभा जस्तो गरिमायुक्त सदनलाई चुनाव हारेका व्यक्तिहरु थुपार्ने ठाउँ बनाउन लागेको भन्दै त्यसको गरिमालाई कायम राख्न आफू योग्य व्यक्ति भएको उनको जिकिर छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटमा नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई लैजानेबारे नेकपाले निर्णय गरेको छ । यद्यपि यसबारे सरकारले हालसम्म राष्ट्रपतिलाई सिफारिस भने गरेको छैन ।
उनले दिएको निवेदनमा भनिएको छ, ‘यदि मलाई अयोग्य ठहर्याएर चुनाव हारेको वामदेवलाई योग्य ठहर्याए भने म त्यसको कानूनी जवाफ पनि खोज्छु । मलाई लिखित जवाफ चाहिन्छ भनेर उल्लेख गरेर नै निवेदन हालेको छु । यदि मलाई अयोग्य ठह-याइयो भने हारेको व्यक्ति योग्य र म किन अयोग्य भनेर अदालत जाने सोच पनि बनाएको छु ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend