Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल सांस्कृतिक संघले राष्ट्रिय प्रशिक्षण भेला गर्न


    बिहिबार, जेष्ठ ४ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले राष्ट्रिय प्रशिक्षण भेला गर्ने भएको छ । सांस्कृतिक संघले यही जेष्ठ १० र ११ गते काठमाडौंमा भेला गर्न लागेको हो ।

    कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने संघले बताएको छ। समापन समारोहमा भने नेता शेखर कोइराला लगायतका पदाधिकारीहरूको सम्बोधन गर्ने जनाइएको छ।

    सांस्कृतिक संघले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई गहन दायित्व दिएर अगाडि बढाउँदा पार्टीलाई जीवन्त राख्न मद्दत जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार