काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताले पार्टीको जिम्मेवारीबाट आफै अलग हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले आज विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेताहरुले आफै राजीनामा दिनुपर्ने बताएका हुन् ।
पार्टीमा क्रियाशील व्यक्ति कुनै भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा भएपछि पार्टीले त्यसको भार बोक्न नसक्ने उनको भनाइ छ । महामन्त्री थापाले घातक प्रवृत्तिलाई पार्टीले बोक्न नसक्ने र बोक्न पनि नहुने भन्दै भने, ‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन ।’
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण संगठित अपराध, मानव बेचबिखन र देशद्रोही भएको महामन्त्री थापाको ठहर गरेका छन् । उनले अनुसन्धान पक्रियामा अवरोध, ढिलासुस्ती, दबाब वा प्रभाव पार्न नहुने बताए ।
दोषी भए जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउन नहुने भन्दै महामन्त्री थापाले अनुसन्धान स्वतन्त्र र स्वाभाविक रूपमा अन्तिम विन्दुसम्म हुनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend