Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चट्याङले एकै परिवारका चार घाइते


    मंगलबार, जेष्ठ २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दैलेख। दैलेखको डुंगेश्वर गाउँपालिका-२ लाँकुरीमा चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन्।

    सोमबार राति स्थानीय प्रवीन विकको घरमा चट्याङ पर्दा चार जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालका अनुसार २१ वर्षीय पारस बिक, १६ वर्षीय हेमा बिक, १७ वर्षीया पूर्णा बिक र २० वर्षीया पुष्पा बिक घाइते भएका छन्।

    घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको दैलेख जिल्ला अस्पतालका डा. प्रयास विक्रम सिजापतिले बताए। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार