Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इथोपियामा हैजाका कारण मृत्यु हुनेको संख्या ९८ पुग्यो, राष्ट्र संघले माग्यो अन्तर्राष्ट्रिय सहयोग


    शनिबार, बैशाख ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। दक्षिणपूर्वी इथियोपियामा केहि दिनदेखि फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ ।

    संयुक्त राष्ट्रसङ्घीय यूएनओसीएचएका अनुसार गत सातादेखि फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको हो ।

    हाल हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरेर निरन्तर उपचारको कार्य जारी राखिएको छ । इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने यूएनओसीएचएले चेतावनी दिए पछि त्यहाँ सर्तकर्ता बढाइएको छ । चिकित्सकहरूलाई हैजा प्रभावित क्षेत्रमा जानका लागि आग्रह र निर्देशन दिइएको छ ।

    सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण हैजा फैलिएको भन्दै युएनओसीएचएले पानीका मुहान तथा पानी टयांकरहरुमा हैजाको संक्रमण फैलाउन रोक्ने बिषाधीहरु प्रयोग गरिएको छ ।

    यूएनओसीएचएले हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आव्हान गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार