काठमाडौँ। दक्षिणपूर्वी इथियोपियामा केहि दिनदेखि फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ ।
संयुक्त राष्ट्रसङ्घीय यूएनओसीएचएका अनुसार गत सातादेखि फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको हो ।
हाल हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरेर निरन्तर उपचारको कार्य जारी राखिएको छ । इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने यूएनओसीएचएले चेतावनी दिए पछि त्यहाँ सर्तकर्ता बढाइएको छ । चिकित्सकहरूलाई हैजा प्रभावित क्षेत्रमा जानका लागि आग्रह र निर्देशन दिइएको छ ।
सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण हैजा फैलिएको भन्दै युएनओसीएचएले पानीका मुहान तथा पानी टयांकरहरुमा हैजाको संक्रमण फैलाउन रोक्ने बिषाधीहरु प्रयोग गरिएको छ ।
यूएनओसीएचएले हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आव्हान गरेको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend