काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन वामदेव गौतमको राष्ट्रियसभा जाने अतिसय चाहना एक कारण भए पनि प्रधानमन्त्री केपी ओलीकै निकट नेताहरु उनलाई हटाउने खेलमा बढी लागेको खुल्न थालेको छ । महाभारतमा अभिमन्यूजस्तै मन्त्री खतिवडा नेकपाभित्रका प्रधानमन्त्री ओली निकटकै नेताहरुको घेरामा परी हटाइएका छन् । नेकपा निकट स्रोतका अनुसार खतिवडालाई सत्ताको रिङबाट बाहिर पुर्याउन ओली निकटका नेता र ठूला बिचौलियासमेत सक्रिय थिए । उनलाई हटाउन ६ भाइको मोर्चा बनेको थियो । यो मोर्चाले नै उनलाई हटाउने ग्रान्ड डिजाइन तयार गरेको चर्चा सिंहदरवारदेखि बालुवाटारसम्म हुने गरेको छ ।
मन्त्री खतिवडालाई हटाउन नेकपाका महासचिव बिष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल, ब्यापारी विनोद चौधरी, अजयराज सुमार्थी र दीपक भट्ट नै लागेका थिए ।
२०७४ फागुन ३ मा केपी ओली सरकार गठन हुनासाथ महासचिव पौडेल आफैं अर्थमन्त्री हुनतिर लागे । तर उनी पटक पटक मन्त्री भइसकेकाले मापदण्डमा अटाउन नसकेपछि अरु राजनीतिक नेतालाई भन्दा खतिवडालाई अर्थको बागडोर सुम्पिएर पर्दापछाडिबाट आफूले मन्त्रालय चलाउन सकिने निष्कर्षका साथ उनलाई बनाउनतिर लागे । खतिवडालाई बनाएपछि आफूले भनेअनुसार परिचालन गर्न सकिने ठम्याई उनको थियो । तर खतिवडाले मन्त्री भइसकेपछि पौडेलले भने अनुसारका काम गरेनन् । विभिन्न ब्यापारीक समूहको स्वार्थ अनुकूलका निर्णय गर्न अस्वीकार गरे । महासचिव पौडेलले भनेबमोजित चल्न तयार नभएपछि खतिवडासँग उनी भित्रभित्रै रुष्ट भएका थिए । महासचिव पौडेलले नै राष्ट्रियसभामा जाने चाहना त्यागिसकेका वामदेव गौतमलाई उकासेर पुनः जाने वातावरण तयार गरी युवराज खतिवडालाई आउट गर्ने बातावरण तयार गरेका थिए ।
मुख्य सल्लाकार विष्णु रिमालले अरु मन्त्रीलाई जस्तो काबुमा राख्ने प्रयास अर्थमन्त्रीलाई पनि गरे । तर उनको सिधै पहुँच प्रधानमज्त्री ओलीसँग भएकाले रिमाल पनि उनीसँग भित्रभित्रै चिढिन पुगेका थिए । अर्थतन्त्रका जानकार खतिवडा प्रधानमन्त्रीका निकट हुन पुगेकाले रिमालको जरुरत उनलाई पर्ने कुरै भएन । अर्थमन्त्री खतिवडाको अगाडि रिमाल मरिच चाउरिएझैं चाउरिएर बसे । वामदेव गौतमलाई राष्ट्रियसभामा लानुपर्छ भनेपछि उनी पनि भित्रभित्रै खतिवडा हटाउनका लागि वातावरण तयार गर्न सक्रिय भएका थिए । यद्यपि खतिवडा हटिसकेपछि उनी सामाजिक संजालमा उनी योग्य थिए भन्दै गोहीको आँसु चुहाउन भ्याइसकेका छन् ।
सुवास नेम्वाङले अर्थमन्त्रालयमा विभिन्न नियुक्ति र सरुवाको सूची दिएको तर ती कतिपय पूरा हुन नसकेपछि उनी पनि खतिवडाको विकल्प खोजीमा थिए ।
विनोद चौधरीले गलत बाटोबाट नविल बैंकको अरबौं रकम विदेश लगेकोबारेमा राष्ट्रबैंकबाट पत्र काट्न लगाएको प्रतिशोध साँध्ने उपयुक्त ताकमा थिए । त्यो मौका उनले पनि खेर जाने दिने कुरै भएन ।
अजयराज सुमार्गीको भर्जिन आइल्याण्डबाट नेपाल भित्रिएको स्रोत नखुलेको ११ अर्बमध्ये बाँकी ३ अर्ब रुपैयाँ निकासा हुनसकेको छैन । उक्त रकम निकासाका लागि अर्थमन्त्री खतिवडा साकारात्मक नभएकाले उनी पनि रुष्ट थिए । दीपक भट्टका विभिन्न ब्यापारीक स्वार्थ पूरा नभएको र त्यसमा अर्थमन्त्री बाधक भएकाले उनी पनि बिरोधमा थिए । भट्टलाई गौतम निकट विवादित ब्यापारीका रुपमा चिनिन्छ । चौधरी, सुमार्गी र भट्टले खतिवडा हटाउने डिजाइनमा हरतरहले मद्दत गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend