Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    बिहिबार, बैशाख २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    आज डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ६३ पैसा र बिक्री दर १४४ रूपैयाँ ०२ पैसा कायम गरिएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ११ पैसा र बिक्री दर १६५ रूपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले बताएको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार