Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवार तत्काल प्रधानमन्त्रीले नै सम्हाल्ने


    शुक्रबार, भाद्र १९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

    दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका युवराज खतिवडाले राजीनामा दिएपछि ओलीले नै सम्हाल्नेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन्।

    राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकिएको स्पष्ट पारेको छ।

    राष्ट्रिय सभामा आफ्नो कार्यकाल सकिएको ६ महिनासम्म पनि म्याद थप नहुने भएपछि खतिवडाले आजै मन्त्री पदबाट आफ्नो राजीनामा घोषणा गरेका थिए।

    राष्ट्रिय सभा सदस्य पद सकिएको ६ महिनासम्म मन्त्री पद कायम हुन सक्ने व्यवस्थाअनुरुप खतिवडाले हालसम्म दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार