एनपी साउद, मुकेश काफ्ले र बिष्णु धिताल
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागमा ४८ जनालाई मनोनीत गर्दा बैंकिङ कसुरका दोषी बिष्णु धिताल र लोडसेडिङका मतियार मुकेश काफ्लेलाई समेत राखिएको बिषय ब्यापक विवादमा परेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विवादितहरुलाई मनोनयन गरेकोमा चौतर्फी आलोचना भइरहेको छ ।
विवादितहरुलाई राखिएको बिषयको बिरोध भएपछि सभापति देउवाले ती ब्यक्ति कसरी परे भनेर पार्टीमा खोजीनीति गर्दा विभागका प्रमुख एनपी साउदले उनलाई मनोनयन गरेको पत्ता लागेको थियो । बैंकिङ कसुरका दोषी धिताललाई कांग्रेसको विभागमा मनोनीत भएर मुद्दामा प्रभाव पार्ने उद्देश्य रहेको थियो । काफ्लेलाई दैनिक १८ घन्टा लोडसेडिङ गराएर देशलाई अन्धकार बनाएको आरोप लागेको थियो । त्यस आरोपलाई प्रतिरक्षा गर्न पनि उनलाई पार्टीको आडभरोसा आवश्यक भएकाले उनले पनि साउदलाई प्रभावमा पारी मनोनयन हुन सफल भएका छन् ।
साउदले यी दुवै विवादित पात्रबाट लाभ लिएर मनोनयन गरेको आरोप लागेको छ । स्वयं सभापति देउवा पनि धिताल र काफ्लेको मनोनयनबाट असन्तुष्ट रहेको नेपाली कांग्रेसकै एक नेताले बताएका छन् । साउदले नै विभागका ४८ जनाको नामावली संकलन गरेका हुन् । उनको विश्वासमा पर्दा सभापति देउवा अप्ठेरोमा परेका छन् । धिताल र काफ्लेलाई गरिएको मनोनयनले पार्टीकै साखमा धक्का पुगेकोमा पनि देउवा साउदको कार्यबाट रुष्ट भएका छन् ।
बिहीबार सभापति देउवाद्वारा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम समन्वय विभागमा मनोनीत गरिएको थियो । सभापति देउवाले विभागको उपप्रमुखमा मनोनीत गरेका बिष्णुप्रसाद धिताल एपेक्स डेभेलपमेन्ट बैंकबाट अनियमित रुपमा कर्जा प्रवाह गरेको आरोपमा २०७४ चैत २ मा पक्राउ परेका थिए । उनीसहितका १३ जनालाई एपेक्स बैंकका दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ हानी पु¥याएको भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले पक्राउ गरेको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend