Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


    मंगलबार, बैशाख २६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    आज डलरको खरिद दर १३० रूपैयाँ ५८ पैसा र बिक्री दर १३१ रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ २६ पैसा र बिक्री दर १४४ रूपैयाँ ९२ पैसा कायम गरिएको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ३७ पैसा र बिक्री दर १६६ रूपैयाँ १३ पैसा तोकिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार