Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीभित्र असन्तुष्टिको संकेत गर्दै महामन्त्री थापाले भने- अब त अति भयो


    आइतबार, बैशाख २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको बताएका छन् । आज सामाजिक सञ्जालमा पार्टीभित्र असन्तुष्टिको संकेत गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    पार्टीका निर्णय मन नपरेको उल्लेख गर्दै उनले आफूले राखेका कतिपय विषयले प्रवेश नै नपाएको बेला प्रतिरोध गर्न मन लाग्दा पनि रोकिएको जिकिर गरेका छन् ।

    उनले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ । तर, हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार