Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ३२ जनामा कोरोना संक्रमण


    आइतबार, बैशाख २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज आइतबार देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन्।

    पछिल्लो २४ घन्टामा परीक्षण गराइएका १९६४ नमूनामध्ये ३२ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    जसमध्ये पीसीआरबाट ३०४ नमूना र एन्टिजेन विधिबाट १६६० नमूना परीक्षण भएको थियो। जसमा पीसीआरबाट ८ जना र एन्टिजेन विधिबाट २४ जनामा कोरोना पुष्टि भएको हो।

    आज १२ जना कोरोनामुक्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५ सय ६५ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या १३३ रहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार